प्रधानमन्त्री दाहालद्वारा माधव नेपाल र उपेन्द्र यादवसँग छलफल

काठमाडौं,पुष,१३-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी (एस) का र जनता समाजवादी पार्टी (जसपा) लाई समेत सरकारमा लाने प्रयास गर्नुभएको छ।

जसका लागि उहाँले बुधबार एसका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको हो।ललितपुरस्थित प्रधानमन्त्री प्रचण्डको एक नातेदारको निवासमा भएको भेटमा नेपाल र यादवको पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद विस्तार गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

आफूहरुसँगको गबठन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन गरेर प्रचण्डले सरकारको नेतृत्व लिएको भन्दै एसका अध्यक्ष नेपालले असन्तुष्टि जनाउदै आउनुभएको छ।