दुई चरण चुनावबारे प्रधानमन्त्रीले शुक्रबार मोर्चाका नेताहरुसंग छलफल गर्ने

काठमाडौं,वैशाख, ७-
प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि (शुक्रबार) बिहान आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसीसँग तराईरमधेसको चुनाव दोस्रो चरणमा गर्नेबारे  छलफल गर्नु हुने भएको छ ।प्रधानमन्त्रीका एक सहयोगीका अनुसार भोलि बिहान ८ बजे मोर्चा नेताहरुसँग संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्री र मोर्चाबीचको छलफल बालुवाटारमा हुनेछ ।  मोर्चा सम्बद्ध सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले वार्ताका लागि आफूलाई खबर आएको जानकारी दिनुभयो  उहाँले भन्नुभयो तराई मधेसको निर्वचानबारे के गर्ने भन्ने विषयमा छलफल गर्न बोलाउनु भएको मैले जानकारी पाएँ, संविधान संशोधन नभइ मधेसमा चुनाव गर्न हामी सहमत छैनौं त्यसअनुसार वार्तामा जाने तयारी भइरहेको छ ।

सरकारले गत चैत २९ गते संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता गरेपछि मधेसी मोर्चा सहमतिबिना एकलौटी प्रस्ताव ल्याइएको भन्दै असन्तुष्ट छ ।त्यसयता सरकार र मोर्चाबीच संवाद हुनसकेको छैन ।

संविधान संशोधन गरेर मात्रै चुनावमा जानुपर्नै माग राख्दै मोर्चा र संघीय गठबन्धनले वैशाख ५ गतेदेखि नै आन्दोलन थालेका छन् । यही वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन विथोल्ने नियतले मोर्चारगठबन्धनले वैशाखभरको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।