कान्तिपुरको यो कार्टुनप्रति प्रधानमन्त्री ओलीको आक्रोस:राष्ट्रपति कोटको खल्तीमा

काठमाडौं,जेठ,९-कान्तिपुर दैनिकमा छापिएको कार्टुनप्रति प्रधानमन्त्री केपी ओलीले आक्रोश व्यक्त गर्नु भएको छ ।आइतबार कान्तिपुर दैनिकमा अविन श्रेष्ठले बनाएको यो कार्टुन पहिलो पृष्ठमा छापिएको छ।

राष्ट्रपति संस्थालाई दुरुपयोग गरेर प्रधानमन्त्री केपी ओलीले राजतन्त्रकालीन झल्को दिएको आशयको कार्टुनप्रति ओलीले पत्रकार सम्मेलन गर्दै आपत्ति जनाउनु भएको हो ।

‘राजतन्त्र प्रेत संस्था हो । तर यही प्रेत संस्थागत जोडेर विशाल फोटो बनाएर जनप्रतिनिधि र गणतन्त्रको प्रतिकलाई सामन्ती संस्था देखाएर राष्ट्रपतिलाई खल्तीमा राखिदिने ? यो स्वतन्त्रताको हकको दुरुपयोग हो ।’ उहाँले भन्नु भएको छ ।

संचारमाध्यममा जनप्रतिनिधिका संस्थालाई बदनाम बनाउँदा राम्रो सन्देश नजाने उहाँको भनाई थियो ।यस्ता कार्टुनले गणतन्त्रको अपमान गरेको उहाँको भनाई थियो ।

प्रतिनिधिसभा विघटन राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोमा भइरहेको आरोप खेपिरहँदा कान्तिपुरमा प्रधानमन्त्रीले राजाहरूकै शैलीमा श्रीपेच लगाएको र उहाँको कोटको खल्तीमा राष्ट्रपति विद्या भण्डारीलाई हालिएको कार्टुन छापिएको थियो ।