साँसद भोट माग्दै ,सरकार चुनाव सार्दै

रमित बि.क.

बाजुरा,जेठ,१९-
बाजुरामा यतिवेला चुनावी सरगर्मी बढेको छ । जिल्लाका ९ वटै सथानीय तहका लागि नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माओवादी केन्द्र,राप्रपा र नयाँशतिm पार्टी लगायतले उम्मेदवार चयन गरिसकेका छन् ।

दलका नेता कार्यकर्ता भोट माग्न घरदैलो अभियानमा छन् । सांसद देखि नेता कार्यकर्ता प्रचारप्रसारमा छन् । चुनावी प्रचार प्रसारकै क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रि प्रसाद पाण्डे हिजो आज मत माग्न जनताको घरदैलोमा ब्यस्त छन् ।

आसन्न निर्वाचनलाई कांग्रेसको पक्षमा पार्न बाजुराको काँडा क्षेत्र हुंदै सदरमुकाम मार्तडीका घरदैलो भेटघाटमा छन् । पछिल्लो समयमा कांग्रेसले तय गरेको आर्थिक समृद्धको नारा र देशका सबै दललार्ई मिलाएर लैजान सक्ने शतिm नेपाली कांग्रेस मात्र भएकको पाण्डेको दाबी रहेको छ ।

विगतका राजनीतिक परिवर्तनमा कांग्रेसको नेतृत्वमा भएका उपलब्धी र वर्तमानको आर्थिक समृद्धीको नारा उहाँका प्रमुख चुनावी एजेण्डा रहेका छन् । त्यस्तै अर्का सांसद एबं नेकपा एमाले बैकल्पिक पोलिटब्युरो सदस्य कर्णबहादुर थापा पनि यतिबेला मत माग्न बाजुरेली जनताको घरदेलोमा ब्यस्त रहेका छन् ।

नेपालको संविधान २०७२ लाई कार्यन्वयवन गर्न स्थानीय तहलाई आत्म निर्भर बनाई देश बलियो बनाउन गाउँ बलियो बनाउने अभियानमा लाग्न कार्यकर्तालार्ई अभिपे्ररित गर्दैछन् । नेकपा एमालेले दिएको बृद्ध भत्ता, संविधान कार्यन्वयन प्रमुख चुनावी नारा रहेका छन् ।

लोकतन्त्रको विकास टुप्पाबाट नभई जरा वाट गर्नुपर्ने उहाँको भनाई रहेको छ । स्थानीय तहका २२ वटा कानुन बनाई कार्यन्वयन गर्न आफ्नो दल लागि पर्ने बताउदै आएका छन् । “केन्द्रको लोकतन्त्रले गाउँको विकास हुन सकेन अब गाउँको लोकतन्त्र विकास गर्न स्थानीय तहको निर्वाचन गर्न सकेमात्र समृद्ध गाउँ बन्ने ” विस्वास नेता थापाले राखेका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न बाजुरा पुुगेका नेकपा एमालेका उपाध्यक्ष भिम रावलले भने ःयो सरकार ले चुनाव गराउन चाहेकै छैन । यो किसान विरोधी सरकार भएको ठाडो आरोप लगाएर गएका छन् । फरक प्रसंगमा राष्ट्रीय राजनीतिका सवालमा खासै मुख नखोलेका नेता रावलले अन्य दलको विरोधमै समय खर्चेर गएका थिए ।

यद्येपी पहिलो चरणको निर्वाच हुन अगाडी गाउँ गएका राजनीतिक कार्यकर्ता चुनाव सर्ने सुनेपछि सदरमुकाम फर्केका थिए । फेरी जेठ ३१ मा हुने भने पछि फेरी गाउँ गएका थिए । असार ९ गते हुने भएपछि फेरी सदरमुकाम फर्केका थिए ।

फेरि असार १४ गतेको मिति तय भएपछि अब कतै दोस्रो चरणको निर्वाचन हुने हुदैनकी भन्ने आशंक जनमानसमा उब्जेको छ । हामी प्रचार गरेका गरै छौं सरकार चुनाव सारेको सा¥यै छ नेपाली कांग्रेसको तर्फवाट हिमाली गाउँपालिका अध्यक्ष पदका उम्मेदवार गोविन्द मल्लले बताउनुभयो ।

सरकारले पटक पटक चुनावको मिति सारेपछि कतै चुनावको तिथीनै विथोलिने होकी आसंङ्का लागेको स्थानीय तहका नेताले बताउदै आएका छन् । स्थानीय तहको निर्वाचन मिति सुनेर स्थानीय उम्मेदवार ब्यानर पम्पलेट भित्तेलखन गरेका गरै छन् चुनावी मिति सरेको स¥यौ छ ।

चुनावको मिति सराउँदा चुनावी खर्च पनि निक्कै बढ्ने भयो काँग्रेस नेतृ दिपा बोहराले भन्नुभयो । यद्येपी मधेशी दललाई समेत चुुनावमा सहभागी गराउने वातावरण वनाउन चुनाव सार्नुपरेको सरकाले पटक पटक स्पष्ट पार्दै आएको छ ।