पत्रकार तथा गायक एस बी साउद साङगितिक बजारमा चर्चा बटुल्दै

प्रेम एउटा फेसन बनिसकेकोले खुलेर प्रेम गर्नुपर्ने साउदको भनाई

काठमाण्डौ ,जेठ, १९-

विगत ६ बर्षदेखि रेडियो पत्रकारीता गर्दै आएका एस बी साउद पुनः साङगितिक बजारमा चर्चा बटुल्न सफल भएका छन् ।सन् २०१३ बाट साङगितिक क्षेत्रमा पाईला टेकेका साउदले लामो संघर्ष पछि यो क्षेत्रमा चर्चा बटुल्न थालेका हुन् ।

सानै देखि स्कुल कलेज तथा गाँउ घरमा हुने सांगितिक कार्यक्रममा गित गाईहाल्ने साउदले राष्ट्रियब्यापि गायन प्रतियोगितामा सि«गिङ स्टारमा सहभागीता जनाएपछि पाएको प्रोत्साहनपछि आफ्नो सांगितिक यात्रालाई ब्यावसायीक रुपमा अघि बढाएक थिए ।

छोटो समयमा नै दर्शक श्रोताबाट माया र चर्चा पाउन सफल बनेका उनले करिब दुई बर्ष अघि मात्रै हास्दा हास्दै रुनु पर्ने बोलको पहिलो गित लिएर आएका थिए ।सोहि गितबाट उनले औपचारीक रुपमा सांगितिक बजारमा पाईला हाले ।

त्यसपछि उनले लगातर तीन गित आफ्नै स्वर संगित र शब्दमा निकालीसकेका छन् । उनले आफ्नै स्वर सं्गित र शब्दमा भर्खरै दिलको उदार बोलको गित भिडियो सहित बजारमा ल्याएका छन् ।

पप आधुनिक गित दिलको उद्धारमा उनले प्रेम लुकिछिपि हैन खुलेर गर्नुपर्छ भन्ने सन्देश दिएका छन् ।पत्रकारीता सँगै सांगितीक क्षेत्रमा पाईला चाल्दै आएका एस.बी साउद बिशेषगरी सुगम संगिंतमा रुची राख्ने बताउछन् ।

मिर्मिरेसँगको कुराकानीमा उनले भने ,मेरो अहिलेको गित बिशेष गरेर युवा पिडिका लागी हो । अहिले प्रेम एउटा फेसन बनिसक्यो यदि साचो प्रेम गरेको छ भने लुकेर बस्नु पर्दैन खुलम खुल्ला प्रेम गर्दा हुन्छ भन्ने शन्देश दिन खोजेको हो ।

पत्रकार तथा गायक साउद काठमाण्डौमा रहेको रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको समाचार वाचक पनि हुन् ।

 भिडीयो हेर्नुहोस ।