रक्षामन्त्री भएको भोलिपल्टै आफ्नो निर्वाचन क्षेत्र जाँदै मीनेन्द्र रिजाल

काठमाण्डौं,असोज,२३-नेपाली कांग्रेसका नेता एवं नवनियुक्त रक्षामन्त्री मीनेन्द्र रिजाल आज (शनिबार) मोरङस्थित आफ्नो निर्वाचन क्षेत्र जाने भएका छन्। 

उहाँले दिएको जानकारीअनुसार अहिले १० बजेको उडानमार्फत काठमाडौंबाट मोरङ प्रस्थान गर्ने छन्। 

त्यहाँ आफ्नो निर्वाचन क्षेत्र २ का स्थानीयलाई  दिउँसो १ बजे बीपी सेवा केन्द्र डाइनियामा भेट्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो।

त्यसका लागि रक्षामन्त्री रिजालले स्थानीयलाई त्यहाँ भेला हुन अनुरोध पनि गरेका छन्।

‘त्यस्तो खासै केही कार्यक्रम छैन। खास डाइनियामा भेटघाट हो। भोलि फर्किन्छौँ’, रक्षामन्त्री रिजालका स्वकीय सचिव जितेन्द्र ठकुरीले भन्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै हिजो (शुक्रबार) मात्र रिजाललाई रक्षामन्त्रीमा नियुक्त हुनु भएको हो ।