सभामुख महराले दिए : पदबाट राजीनामा

काठमाडौं,असोज,१४-

एक महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुभएको छ ।उहाँले उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा भनिएको छ ।

‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।

यसअघि नेकपाले पनि महरालाई सभामुख र संसद् सदस्य दुवैबाट राजीनामा गर्न सुझाएको थियो । संसद् सदस्यका रूपमा पनि महराले उपसभामुखलाई नै राजीनामा बुझाउनुपर्नेछ ।मंगलबार बसेको नेकपाको सचिवालय बैठकले सभामुख महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको थियो 

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानबिन प्रक्रियालाई सघाउनु उचित हुने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको थियो ।