फुकुओकामा आठौं “समर कप” फुटसल हुने

टोकियो,जापान,साउन,१९-जापानको फुकुओकामा आठौं “समर कप” फुटसल प्रतियोगीता हुन लागेको छ। 

श्री गणेश खुकुरी एफसीको आयोजनामा आउदो भाद्र २२ गते अर्थात (सेप्टेम्बर ७ तारिख) शनिवारका दिन फुकुओका हिगासीकु माचुसिमा मा “समर कप” हुन लागेको आयोजक टिमका सह-म्यानेजर तथा कोच प्रदिप राईले बिहानी अनलाईन डटकमलाई जानकारी दिनुभयो। 

उहाँका अनुसार विगत ७ वर्ष देखि निरन्तर रुपमा सन्चालन गर्दै आईरहेको फुटसल प्रतियोगिता “समर कप ”लाई निरन्तरता दिदैं आठौं “समर कप”को आयोजना गर्न लागेको बताउनुभयो।

उक्त प्रतीयोगीतामा प्रथम हुनेले ५ लाख ११ हजार १ सय ११ जापानीज येन सहित मेडल र ट्रफि सहित प्रमाण पत्र पाउने छ,भने दोस्रो हुनेले २ लाख ११ हजार १ सय ११ जापानीज येन सहित मेडल, ट्रफि र प्रमाण पत्र पाउने छ।साथै उक्त टुर्नामेण्टमा उत्कृष्ट खेल्ने खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधीक गोल कर्ता र म्या अफ द  म्याच हुने हरुको लागि पनि पुरस्कार रहेको आयोजकले जनाएको छ।

प्रतीयोगीतामा सहभागी हुनको लागी ईन्स्यूरेन्स सहितको टिम दस्तुर ४४ हजार ४ सय ४४ जापानीज येन तोकिएको छ।प्रतीयोगीतामा सहभागी हुन चाहाने टिमले अगष्ट २५ तारिख भित्र आयोजकको नाममा रहेको जेपि बैंकको खाता नाम खुकुरी एफसी ( ククリサンカクラブ) रहेको खाता नम्बर १७४९०-८९४३०७६१ मा रकम जम्मा गर्नु पर्ने हुन्छ । प्रतियोगीताको टाई-सिट सेम्टेम्बर २ तारिख  गरिने आयोजकले बताएको छ । 

प्रतीयोगीताका बारेमा आयोजक टिमका सम्बन्धीत व्यक्ती संग बुझ्न चाहेमा तल दिएको सम्पर्क फोन नम्बरमा जुनसुकै समयमा फोन गरि बुझ्न सकिने पनि आयोजकले बताएको छ ।

आयोजकलाई सिधैं फोन गरि बुझ्न परेमा !!

इन्द्र घलेः ०८०-३९७७-०८५३,

प्रदीप राईः ०८०-२६९०-१६०९

सञ्जीव राना मगरः ०७०-४७११-६९५६

दिनेश गुरुङ : ०७०-४३९३-४१२७,

सन्दीप खड्का : ०९०: ९७३९-३३०७

स्मरण रहोस : जापानको फुकुओकामा श्री गणेश खुकुरी एफसीले पहिलो पटक प्रवासी भुमिमा नेपाली दाजुभाई विच मनोरन्जनका साथै भाईचाराको सम्बन्धलाई खेलको माध्यमबाट प्रगाढ बनाउने उद्देश्य बोकि हरेक वर्ष जापानको फुकुओकामा समर कप फुटसल प्रतीयोगीता आयोजना गर्दै आईरहेको छ।