लिपुलेकमा निर्माणाधीन सडक तुरुन्त रोक्न भारतलाई सरकारको आग्रह

लिपुलेकमा निर्माणाधीन सडक तत्काल रोक्न भारतलाई सरकारको आग्रहकाठमाडौं,माघ,३-नेपाल सरकारले नेपाली भूमि लिपुलेकमा भारतले बनाइरहेको सडक निर्माण तत्काल रोक्न आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले नेपाल सरकारले भारत सरकारलाई एकपक्षीय रुपमा सडक निर्माण गरेको भन्दै सो प्रक्रिया तत्काल रोक्न आग्रह गरेको बताउनुभयो।

‘नेपाल भारतबीच रहिआएको घनिस्ट र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ईतिहासिक सन्धि, सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध छ,’ शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री कार्कीले भन्नुभयो,लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो भन्ने स्पष्ट भइसकेको उहाँले बताउनुभयो।

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमिमा चीनको मानसरोवर जाने बाटो निर्माण गर्दै गरेको अभिव्यक्ति दिएका थिए। भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विरोध जनाइसकेका छन्।