एमाले नेता झलनाथ खनाल विजयी

काठमाण्डौं,मंसिर २४-

नेकपा एमालेका झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट भारी मतान्तरसहित विजयी हुनुभएको छ । संसदका लागि उहाँको यो जीत पाँचौं पटक हो ।

खनालले ३६ हजार ८०७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याउनुभयो ।