कांग्रेस सभापती शेरबहादुर देउवा विजयी

डडेल्धुरा,मंसिर,२४-

डडेल्धुरामा प्रतिनिधिसभाको जारी मतगणनामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।

देउवाले आफ्नो सुरुआती अग्रता कायम राख्दै आफ्ना निकट प्रतिद्वन्द्वीलाई झन्डै ७ हजार मतले हराउनु भएको हो । 

निर्वाचन आयोगका अनुसार देउवाले २८०४४ मत ल्याउनु भएको हो । उहाँका निकटत प्रतिद्वन्द्वी वाम गठबन्धन तर्फबाट माओवादी केन्द्रका लेखराज भट्टले २१११५ मत ल्याउनुभयो ।