नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं,कार्तिक,११-

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (सोमबार) बिहान एक्लाएक्लै भेटवार्ता भएको छ।

ओली र प्रचण्डबीच दूरी बढेको चर्चा भइरहेका बेला बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान झन्डै १ घण्टा प्रधानमन्त्रीसमेत रहेका ओली र नेकपा अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको हो।

भेटवार्तामा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा उनीहरुबीच कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।आइतबार मात्र बाकुबाट फर्किएका प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग कुराकानी गर्नुभएको हो ।