नेपालगञ्जमा जेष्ठ २५ गते मलामा स्पाले बृहत महिला पुल पार्टीको आयोजना गर्ने

नेपालगञ्ज,जेठ,२१-

नेपालगञ्जमा मलामा स्पाले यहि जेष्ठ २५ गते बृहत महिला पुल पार्टीको आयोजना गर्ने भएको छ । महिलाहरुलाई लक्षित गरेर होटेल स्नेहा क्लर्क इन स्वीटले घर घरायसी काममा, व्यापार व्यावसायमा व्यस्त समयमा हुने मानसिक तनाव र थकान कम गर्नका लागि मसाज, स्पा, वाडि पालिस सहितको स्पा सेन्टर यहि २५ गते बृहत पुल पार्टी आयोजना गर्ने जनाएको हो ।

दिँउसो ३ बजेदेखि राति ९ बजेसम्म हुने पुल पार्टीमा बिभिन्न क्षेत्रका महिलाहरु सहभागि हुने बताईएको छ ।

काठमाण्डौ र पोखरमा स्पा सेन्टर चलाएका दक्ष जनशक्तिहरुद्धारा मसाज, स्पा, बडि पालिस, डिप फेसियल सहितका सुबिधाहरु बाँके जिल्लामा पहिलो र एकमात्र स्पा सेन्टर हुने होटेल स्नेहा क्लर्क इन स्वीटस्का जर्नल म्यानेजर तोरवान घोषले जानकारी दिनुभयो ।

सेन्टरमा सुलभ दर रेटमा स्पा, बडि पालिस, डिप फेसियल, डिनर, ड्रिंक, अनलिमिटेड स्वीमिङ्ग जस्ता सुबिधाहरु उपलब्ध हुनेछ ।