मनसँगै मत फेर्ने तयारीमा मतदाताहरु

नेपालगन्ज,मंसिर,१७-
बाँकेमा विवेकशील साझा पार्टीप्रती परिवर्तन चाहाने मतदाताहरुको सङ्ख्या बढ्दै गएको छ । मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तन नहुनुको कारण राम्रोसँग बुझेका मतदाताहरुले विवेकशील साझा पार्टीले सम्बृद्धि र विकासका लागि मतदातामाझ पेश गरेको एजेण्डाले धेरै मतदाताहरुको मनसँगै मत पनि फेरिने सम्भावनालाई बलियो बनाएको हो ।

चुनावी घरदैलोका क्रममा पनि मतदाताहरु सकारात्मक बन्दै गएको पाइएको बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभा उम्मेदवार नगेन्द्र कुवँरले जानकारी दिनुभयो । चुनावी घरदैलोका क्रममा फुलटेक्रास्थित रामनगरमा रहनुभएका कुवँरले उत्साही हुदै भन्नुभयो–‘ठूला दलहरुले मुलुकलाई छियाछिया पारेको धेरै मतदाताबाट दुखेसो आएको छ, विवेकशीलले मुलुकलाई सम्बृद्धि र विकासतर्फ डोर्याउनु पर्यो, यो भड्खालोबाट निकाल्नु पर्यो भन्नुहुन्छ ।

हाम्रो एजेण्डा पनि सम्बृद्ध मुलुकको परिकल्पना हो । त्यसैले उत्साही छौं ।’ प्रदेशसभा २ ख का उम्मेदवार डाक्टर बिनोद कर्णसहित ठूलो सङ्ख्यामा विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्ताहरु चुनावी अभियानका क्रममा घरघरमा पुगेर मतदाताहरुलाई आप्mनो पार्टीको सिद्धान्त बिझाउने कार्यमा समेत लागिरहेका छन् ।

कतिपय मतदाताहरुको आंशका मिश्रित प्रतिक्रिया पनि पाइरहेका छौं कर्णले भन्नुभयो–‘ठूला राजनीतिक दलहरुले नेपाली जनताहरुको विश्वास पुरै क्षयीकरण गराइसकेका छन, हामीले गुमेको विश्वास फर्काउनेदेखि उहाँहरुलाई आशातित बनाउने कोशिष पनि गरिरहेका छौं ।’विवेकशील साझा पार्टीले आज नेपालगन्जको रामनगर तथा जेलरोडलगायतका ठाउँमा घरदैलो गरिरहेको पार्टीका बाँके संयोजक चिरञ्जीवि शर्माले जानकारी दिनुभयो ।