नेपालगंजमा साईकल र्यालीको आयोजना गरिने

नेपालगंज,जेष्ठ,२१-

विश्व वातावरण दिवशको अवसर पारेर नेपालगंजमा साईकल र्यालीको आयोजना गरिने भएको छ । 

नेपालगंज साईकल क्लवको आयोजनामा जेष्ठ २२ गते अर्थात भोली (बुधबार)विश्व वातावरण दिवशका दिन साईकल र्यालीको आयोजना गर्न लागिएको नेपालगंज साईकल क्लवले जनाएको हो ।

मानीसलाई स्वच्छ वातावरणमा बाच्न साईकलले महत्वपुर्ण भिमिका खेल्ने गर्दछ । साईकलको प्रयोगले वातावरणमा ध्वनी प्रदुषण नहुने र स्वच्छ वातावरणका लागि फाईदा गर्ने भएकोले यो कार्यक्रम गर्न लागिएको नेपालगंज साईकल क्लवका सचिव गगन थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार साईकल र्यालीमा नेपालगंज साईकल क्लवका सदस्यहरु र अन्य क्षेत्रमा कार्यरत सबैको उपस्थीती रहने बताउनु भएको छ । नेपालगगंज साईकल क्लवले विगतका दिनहरुमा पनी साईकल यात्रीहरुको लागी कार्यक्रम गर्दै आईरहेको छ । साईकल र्याली भोली बिहानी ६ बजेबाट सुरु गरिनेछ ।