कन्चनपुरमा ‘हत्या’को विरोधमा बजार बन्द

कन्चनपुर, भदौ ८-

कन्चनपुरमा एक महिनाको अवधिमा तीनजनाको शंकास्पद मृत्यु भएपछि त्यसको विरोधमा स्थानीयले बिहीबार बजार तथा यातायात बन्द गराएका छन् ।

सशस्त्र सीमा सुरक्षा बल गड्डाचौकीमा कार्यरत् प्रहरी जवान मृत अवस्थामा फेलापरेपछि स्थानीयले हत्या भएको भन्दै अनुसन्धान गरी अपराधीलाई सजाय दिन माग राख्दै बन्द गराएका हुन् ।

गत २८ गते विद्यार्थी नेता छात्रावासमै मृत भेटिएका थिए भने २३ गते अर्की एक बालिकालाई घाँटी थिचेर हत्या गरी खोलामा फालिएको अवस्थामा फेलापारिएको थियो ।

एकपछि अर्को शृंखलावद्ध हत्या हुन थालेको भन्दै कन्चनपुरवासीले चिन्ता व्यक्त गरेका हुन् ।चाडपर्वका बेला बजार र यातायात बन्द हुँदा सर्वसाधारणले भने सास्ती व्यहोर्नुपरेको छ ।