आज राष्ट्रियसभाको निर्बाचन हुँदै

१४ वटा मतदान केन्द्र निर्धारण

काठमाडौं, माघ,२४-

राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । मतदानको सबै तयारी पूरा भएको छ ।निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

मतदानका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ । निर्वाचनका लागि १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को ललितपुरस्थित पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालय नदीक सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको छ ।