अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर लगायतका सहायक सामाग्री प्रदान

नेपालगञ्ज, असार २१-

नेपालगञ्ज नगरका अपाङ्गता भएका व्यक्तिहरुका लागि ह्वीलचियर लगायतका सहायक सामाग्री प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग, अपागंता नगर सञ्जालको समन्वय तथा अपाङ्ग सशक्तिकरण एवं सञ्चार केन्द्र(डेक) नेपालको सहजीकरणमा अपाङता भएका २४ जनाका लागि आज एक समारोहवीच सामाग्री हस्तान्तर गरियो ।

६ लाख ८ हजार बरावरको ह्वीलचियर, ट्राई साइकल, वैशाखी लगायत सामाग्री वितरण गरिएको हो । राष्ट्रिय अपाङ्ग महासंघका वरिष्ठ उपाध्यक्ष देवी पोखेल, उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत शाखा अधिकृत कृष्ण प्रसाद जोशी लगायतले सामाग्री हस्तान्तरण गर्नु भयो ।

अतिथी पोखेलले सामाग्रीले जिवनयापन सहजतासँगै हरेक व्यक्ति र क्षेत्रसँगको सम्वन्ध विस्तारमा मद्यत पुग्ने विश्वास व्यक्त गर्नु भयो । सरकारले अपाङगता भएका व्यक्तिका लागि नीतिगत अधिकारसागै संरचनागत विकास तथा सहज सेवा सुविधा उपलव्ध गराउनु पर्नेमा जोडदिनु भयो । शाखा अधिकृत जोशीले अपाङ्गमैत्री बातावरण बनाउन उपमहानगरपालिका अग्रसर भइरहेको भन्दै सबैको सामुहिक हातेमालोको आवश्यक्तामा जोड दिनु भयो ।

डेकका सह सचिव हरिकला थापाको अध्यक्षतामा भएको कार्यक्रममा ह्याण्डी क्याप इन्टरनेशनलका विष्णु वहादुर वम, उपमहानगरपालिकाका पे्रस सल्लाहकार शुक्रऋषि चौलागाई लगायतले शुभकामना दिनु भएको डेकका कार्यकारी अधिकृत देवीदत्त आचार्यले जानकारी दिनुभयो ।