जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

जापानमा नेपाली विद्यार्थीको दु:ख ( सबैले पढ्नै पर्ने )

मिलन मगर/

फुकुओका,जापान,माघ,१३-

जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ । फुकुओकाको एक व्यवसायीक स्कूलमा पहिलो वर्षमा अध्ययनरत अर्घाखाँची सन्धीखर्क नगरपालिका ११ दिर्भमका २३ वर्षीय प्रकाश आचार्यको मुत्यु भएको हो ।

आचार्यलाई माघ १० गते अर्थात २४ जनवरीमा समुद्रको नजिकै रहेको जंगलमा मृत अवस्थामा फेला पारेको “वी फर अल जापानका” अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो ।

उनको मृत्यु कसरी भयो भन्ने बारे अझै कुनै जानकारी खुल्नमा आएको छैन । शवको प्रकृति हेदा शंकास्पद रहेको जापान प्रहरीलाई उदृत गर्दै पौडेलले बताउनु भएको छ । अहिले मृतकको शवलाई प्रहरीकै नियन्त्रणमा राखिएको र कोरियामा रहेका उनका दाजु जापान आएपश्चात अन्तिम दास संस्कार गरिने पौडेलले जानकारी दिनुभयो ।

उनको मृत्यु कसरी भयो ? 

प्रकाश आचार्य

प्रकाश आचार्य वि.स. २०७१ सालमा भाषा विद्यार्थीका रुपमा जापानको फुकुओकामा आएका थिए ।

गएको हप्ताको सोमबार बिहान साथीहरुसँगै खाना खाएर स्कूल जानका लागि निस्केका आचार्य स्कूलमा नगएका र मंगलबार बिहानतिर स्कूलमा फोनमार्फत आफू बिरामी भएको जानकारी गराएका थिए । त्यसपछि उनी साथीहरुको सम्पर्कमा पनि नआएको बताईएको छ ।

उनको पारिवारिक अवस्थालाई हेर्दा अत्यन्त्यै नाजुक रहेको थियो । त्यसैमा उनको बाबुको दुई वर्ष अगाडि दुर्घटनामा परि मृत्यु भएको थियो । त्यहि पिडाले गर्दा उनको हजुरआमाको पनी एक बर्ष अगाडी मात्र मृत्यु भएको थियो । अहिले उनको घरमा मात्र “आमा” छन् ।आमा पनी अहिले घरमा बिरामी अवस्थामा रहेकी छन् ।

यस्तै एक पछि अर्को समस्याको बज्रपात थुपरिदै थियो, उनको पारिवारमा , यस्तै समस्यामा परेर हुनसक्छ, प्रकाश आचार्यले बेला बेला आफ्नो फेशबुक मार्फत भावपुर्ण स्टाटस पोष्ट गरिरहन्थे , यो कुरा हामीले उनको फेशबुकको प्रोफाईल चेक गर्दा पाएका हौं । उनले सायद मृत्यु हुनु पुर्व अर्थात मंगलबार दिउँसो १ बजेर २ मिनेट जाँदा यस्तो लेखेका थिए । अपुरा रहरहरू अनि अपुरो जिवन” उनले यो भावपुर्ण स्टाटसमा भने झै “न उनको रहर पुरा भयो न उनको जिवन पुरा भयो” । यहि भावपुर्ण शब्दबाट आफ्नो पिडा पोख्दै यस संसारबाट उनी सदा सदाका लागी अल बिदा भए । तर यो उनको मृत्यु हुनुभन्दा अगाडीको एउटा प्रसङ्ग मात्रै हो । के कती कारणले मृत्यु भएको हो, भन्ने बारे भने अझै स्पष्ट रुपमा खुली सकेको छैन् ।

(उनले अन्तीम पटक फेशबुकमा लेखेको स्टाटस यस्तो रहेको थियो  )

प्रकाश आचार्यले अन्तीम पटक फेशबुकमा लेखेका भावपुर्ण स्टाटस

(उनको आत्माले शान्ती पाओस् हामी बिहानी अनलाईन परिवारको तर्फबाट हार्दिक श्रद्धांजलि, साथै मृतकको परिवारलाई धैर्य धारण गर्ने शक्ती मिलोस् परिवारजन प्रती हार्दिक समवेदना प्रकट गर्दछौ ।)

यस्तै : अहिले उनको घरमा सामान्य हिडडुल गर्नसमेत नसक्ने आमामात्र रहनुभएकोले मृतकको दाहसंस्कार गर्न कठिन देखिएकोले उनको परिवारको सहयोगका लागि अर्घाखाँची समाज जापानले एक विज्ञप्तीमार्फत जापानबासी सबैमा सहयोगका लागि अपिल गरेको समाजका अध्यक्ष नेत्र विष्टले जानकारी दिनुभयो । 

(जापानमा नेपाली विद्यार्थीको दु:ख )

पछिल्लो समय थुप्रै नेपालीहरुको मानसपटलमा जापान भनेपछि सुख शान्ती र टन्न पैसा कमाउन सकिने देश भन्ने बुझाई हुन्छ । अनी नेपालमा , जापान जहाँ गएपनी फरक पर्दैन भन्ने सोचाई सबैमा हुन्छ ।

आजकाल नेपालमा विशेष गरि युवाहरुमा अहमता र बढी स्वतन्त्रता भएर नै दु:ख पाईरहेको हामीले धेरै ठाँउमा पाएका छौं । जान्नु बुझ्नु केहि छैन, सबै जानेको जस्तो गरेर आफै सबै निणर्य गर्छन् । जसले गर्दा आफु भन्दा ठुलो र जान्ने बुझ्नेलाई सोध्ने र अलीकती रिसर्च गर्ने र जापानमा कुन ठाँउ जाने, कस्तो ठाँउ जाने ? कसरी काम खोज्ने ? काम गर्न के कस्तो कुरा र ज्ञानको आवश्कता पर्छ, के कस्तो तयारी गर्नु पर्छ  ? भन्ने कुरा बिल्कुलै नसोचेको देखिन्छ । 

नेपालका धेरै कन्सल्टेन्सीले पनी विद्यार्थीलाई जापानमा अध्ययन सम्बन्धी सहि परामर्श र जापानको बस्तुस्थितीको बारेमा बुझाउने भन्दा बढी आफ्नो व्यापार र फाईदाको लागी मुर्गा खोज्ने र मुर्गा बनाउने कामको धन्दा गर्नाले पनी अहिले जापानमा धेरै विद्यार्थी दु:ख  पाईरहेका छन् । 

यहाँ दोष विद्यार्थीको पनी छ , परामर्शदाताको पनी दोष छ । अनी सरकारको त कुरै नगरौं । नेपाल सरकारको बारेमा भन्ने नै हो भने नेपाल सरकार बनाउन भन्दा बिगार्नमा तल्लीन रहेको पाईन्छ । कुनै पनी नागरिकले कुनै पनी सेवा सुविधाको लागी सरकारको मुख ताक्नु त्यो पक्कै पनी मुर्खता नै हुन्छ । 

आज सरकारको फितलो निती कै कारण धेरै विद्यार्थीहरु १२/ १३ लाख खर्च गरेर विदेशको ठाँउमा जाने गरेका छन् । कस्तो ठाँउमा अध्ययनको लागी पठाउन सकिनेछ, भन्ने कुराको सरकारले निर्णय केहि नसोची केहि अध्ययन र अनुसन्धान नगरेको भेटिन्छ । जापान आएर ठुलो प्रश्चताप गर्ने ठुलो समुहका विद्यार्थी यसै गरी आएका हुन्छन् । मानौं जापान जान एउटा एडभेन्चर हो , भनेजस्तो गरेर हचुवा र लहलहैको भरमा लागेर कन्सल्टेन्सी गयो उसले जे जे भन्छ त्यस्तै गर्यौ , अनी पैसा बुझायो । केहि दिन पछि भिसा लागेपछि पार्टी गर्यो, हिड्यो ।

जापान पुगेपछि मज्जाले  १/२ हप्ता भएको पैसाले चारैतिर घुम्यो , फोटो खिच्यो फेशबुकमा अपलोड गर्यो । जब पैसा सकिदै जान्छ अनी शुरु हुन्छ, समस्या र रुवाई । अनी बल्ल होस् आउछ । पहिले सरहरुले आफु भन्दा ठुला बडाले दिएको सल्लाहको याद आउछ । तर त्यतीन जेल सम्म समयले भने साथ छोडीसकेको हुन्छ । अनी जापानलाई सराप्ने र कन्सल्टेन्सीलाई सराप्ने काम सुरु हुन्छ । 

त्यपछि स्कुललाई शुल्क बुझाउनु पर्ने हुन्छ , भनेको जस्तो उक्त ठाँउमा काम पाउदैन् , केहि विद्यार्थी यिनै समस्यामा बल्झिएर नै स्कुल छोडी भागेका हुन्छन् । कतीपय नेपाली विद्यार्थी आफ्नै हरकत देखाईरहेका हुन्छन् , जापानको नियम कानुनको विपरित हिडिरहेका हुन्छन् । कतीपयको जिवन शैलीमा रठ्ठीभर परिवर्तन भएको हुदैन्, यस्तै कारणले गर्दा जापानमा नेपाली विद्यार्थीहरुले धेरै दु:ख भोग्ने गरेको पाईन्छ ।

त्यसैले यस्ता कुराहरुलाई मध्यनजर गर्दै यस्तो परिस्थीतीको सहि सदुपयोग गर्दै  नेपाल सरकार र नेपालका कन्सल्टेन्सीहरुले जापान आउन चाहाने र जापानमा भएका नेपाली विद्यार्थीहरुका लागी महत्वपुर्ण र सकरात्मक भुमीका खेल्नु पर्ने अहिलेको मुख्य आवश्यता देखिएको छ धन्यवाद ।। दिपेन्द्र सारु मगर ।।