अस्पतालको लापरवाही का कारण सुनार सार्माको जनरल वाडमा

मधुपौडेल
बाँके,माघ १९-बच्चा डेलिभरीको लागि अप्रेसन गर्दा नितु सुनार यति बेला लखनउको साम्रा अस्पतालको जनरल वाडमा रहनु भएको छ  । पुष १७ गते सुनारलाई भेरी अस्पातालमा बच्चा डेलिभरी गराउन ल्याइएको र २० गते अपरेशन गरी बच्चा जन्माएको भएपनि २७ गते एकाएक पेट फुलेको ले फेरी भेरी  अस्पताल ल्याउदा अस्पतालमा नहुने भए पछि आफुहरुले लखनउ लैजादा सुनारको दिसा र पिसावको नली अप्रेसन गर्दा काटीएको जनाकारी भएको विरामीका अंकल दिलाराम सुनारले बताउनुभयो ।

विरामीका परिवारको अनुसार उहाँहरुले  विरामीको आफनै कारणले भए आफुले सम्पुर्ण जिम्मेवारी लिने र अपे्रसनको कारणले गर्दा हो भने अस्पतालले लागेको खर्च व्यहोर्नु पर्ने माग रहेको छ । अस्पतालले पहिला विल भरपाई लिएर आउनुहोस र आफुहरुले यसमा पहल गर्ने कुरा गरेको भए पनि अहिले आएर कुनै वास्ता नगरेको  विरामी सुनारका बाबु पहलमान सुनारले बताउनुभभयो ।

उता विरामी सुनारको दिसा र पिसावको लागि पेटमा नली जोडि रहेको छ र विरामी सुनारको बच्चा छोरा छ बच्चाको हेरचाह खजुरा खुर्दको घरमा आफ्ना परिवारबाट  भैरहेको  रहेको कुराको जानकारी विरामीका अंकल सुनारले जानकारी दिनु भएको छ ।

अस्पतालाका एमसी विरेन्द्र कुमार चन्द लाई यस बारेमा बुझदा उहा भन्नु हुन्छ यस्तो नहुन पर्ने किन भने यदी अपे्रसनको बेलामा नली काटेएको भए समस्या  नौ दिन पछि नभै तुरुन्तै देखिन पर्ने हो विरामी सुनारको किड्नीमा पनि समस्या देखीएको थियो ।

क्षतिपुर्तिबारेमा कुरा गर्दा चन्द भन्नु हुन्छ“ क्षेतिपुर्ति यहा बाट पाउने होइन , प्रशुर्तिको कार्यक्रम केन्द्रबाट सर्कुलर भएको हो हामीले यहाबाट पहल गर्ने कुरा हो हामी गर्छौ ” जिल्ला अस्पताल भेरीमा विभिन्न यस्ता खाले समस्याहरु आई रहेको हुने गर्दछ यसमा सरोकार वाल जिम्मेवार हुनु पर्ने देखीन्छ ।हाल सम्म साम्रा हस्पिटल , खाना, भाडा , एम्वुलेन्स गरेर ४लाख ५५हजार ६सय ७५ भएको छ ।