बाम गठबन्धनकाले दिने झुठा आश्वाशनलाई बिश्वास नगर्न प्रदेशसभा उम्मेदवार खड्काको जोड

पुष्प कुवर/

अछाम,मसिर,५-
नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १ क प्रदेश सभाका उम्मेद्धार मेघराज खड्काले जनताले आफ्ना स्वबिबेक प्रयोग गरेर नेपाली काग्रेसलाई जिताउन आग्रह गर्नु भएको छ ।

साफेबगर नगरपालिका वर्डा नम्बर ५ नवाठानामा आयोजित चुनाबि आमसभालाई सम्बोधन गर्दे पुर्ब जिल्ला पार्टी सभापति खड्काले बाम गठबन्धनका उम्मेद्धारहरुले दिने गरेका झुठा आश्वाशनलाई मतदाताहरुले राम्रोसग बुझिसकेकाले काग्रेसको जित निश्चीत रहेको बताउनुभयो ।

नेता खड्काले जनताको सारथि आफ्नो पार्टी भएकाले ,परीबर्तन र बिकासको लागि काग्रेसलाई रोज्न आग्रह समेत गर्नु भयो । उहाले काग्रेस सदैब जनताको साथमा रहेर जनताका हरेक आवश्यकता पुरा गर्न तत्पर रहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अथिती नेपाली काग्रेसका पुर्ब सासद तथा पुर्ब राजदुत बल बहादुर कुवरले २ पटक एमाललेलाई जिताएर जनताले परीबर्तको अनुभुति गर्न नपाएकाले यो पटक काग्रेसले जित्ने दाबि गर्नु भयो ।

पुर्ब राजदुत कुवरले नेपाली काग्रेस कुरा कम जनताको काम बढी गर्ने पार्टी भएकाले काग्रेसका उम्मेद्धारलाई बिजयी गराउनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

वर्डा सभापति तुल बहादुर कुवरको अध्यक्ष्तामा भएको कार्यक्रममा पुर्ब जिल्ला पार्टी सभापति नैन सि कडायत,अथितिहरु रा प्र पा प्रजातान्त्रिकका केन्द्रिय सदस्य इश्वरराज सुवेदी ,महाधिबेशन प्रतिनिधि ध्वज बहादुर कुवर,पशुपति खड्का,बिक्रम कुवर,अछाम काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष कलाकार यज्ञराज उपाध्याय,चौरपार्टी गाउपालिकाका उपाध्यक्ष माया कुवर, कलाकार मन ब कुवर बिरेन्द्र कुवर, लगायतका बक्ताहरुले मन्तब्य राख्नु भएको थियो