ओखलढुंगामा बामका कार्यकर्ता चढेको ट्याक्टर दुर्घटना

८ जना घाईते , तिनको अवस्था गम्भिर

सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर,६-
ओखलढुंगाको मानेभन्ञ्ज्याङ गाउपालिमा ट्याक्टर दुर्घना हुदाँ ८ जना घाईते भएका छन् । घाईते मध्ये तिन जनाको अवस्था गम्भिर छ । बाम गठबन्धनको चुनावी सभाका लागी कार्यकर्ता लिएर आउदै गरेको ना ५ त ३८२० नम्बरको ट्याक्टर मनेभञ्ज्याङ गाउपालिका ५ बलेथानमा दुर्घनामा परेको हो ।

दुर्घटनामा परि मनेभञ्ज्याङ गाउपालिका ३ उबुका तुलाराज राई, दिनेश अधिकारी र हिमाल राई गम्भिर घाईते भएको ओखलढुंगा प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले बताए । उनिहरुलाई कार्यक्रमलाई संबोधन गर्न लाएका एमाले महासचिव ईश्वर पोखरलको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।

अन्य घाईतेहरुको जिल्ला स्थित सामुदायिक अस्पताल मिसनमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा १२ जना भन्दा बढि बाम गठबन्धनका कार्यकर्ता सवार रहेका थिए । सोहि क्रममा ट्याक्टर अनियन्त्रित भई पछाडीको भाग खुस्किएर दुर्घना भएको प्रहरी प्रमुख तिमिल्सिनाले बताए । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको छ ।