कृषि विकास कार्यालय बाँकेद्धारा कृषकहरुलाई साना सिंचाइँ सामग्री हस्तान्तरण

बाँके,पौष ७-जिल्ला कृषि विकास कार्यालय बाँकेले कृषकहरुलाई साना सिंचाइँ सामग्री हस्तान्तरण गरेको छ । २९ प्रतिशत मात्र सिंचित रहेको बाँकेमा थप सिंचाइँ क्षेत्र बढाउन र उत्पादनबृृद्वि गर्ने उद्देश्यले कृषि मन्त्रालयका सचिव डा.सुरेश पोख्रलेले आज एक कार्यक्रमकाबीच ८ वटा कृषक समुहका कृषकहरुलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रममा बोल्दै उहाँले भारत र नेपालको उत्पादन एकै बजारमा उपलव्धता गराउन संयुक्त हाट बजार सन्चालनको तयारी भइरहेको जानकारी दिनुभयो । त्यसका लागि भारतिय पक्षबाट सम्भावित अध्ययन शुरु भैसकेकोले बाँके जिल्लाको सम्भावनाबारे कार्ययोजना पेश गर्न कृषि कार्यालयालई निर्देशन दिनुभयो ।

उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई सरकारले प्रमुख प्राथमिकतामा राखेको भन्दै यसमा बिशेष ध्यान पु¥याउन आग्रह गर्नुभयो ।जिल्लाका ५० जना कृषकलाई साना सिंचाइँ सामग्री वितरण गर्ने कार्यक्रम रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्ण बहादुर बस्नेतले जानकारी दिनुभयो ।कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव काशिराम दाहाल, महानिर्देशक युवक ध्वज जिसी, बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, स्थानिय विकास अधिकारी हरी प्याकुरेल, जिल्ला सहकारी संघका अध्यक्ष प्रेमप्रसाद सुवेदी, साना तथा मझौला कृषक आयस्तरबृद्धि आयोजना प्रमुख गोर्कण अर्याल, कृषि कार्यालयका कर्मचारी, कृषक समुहका पदाधिकारी, कृषि पत्रकार लगायतको उपस्थिति रहेको थियो ।