मेडिकल कलेजका कर्मचारी युनियनद्धारा स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र

के-पी- घिमिरे/
नेपालगन्ज, असार,११-
नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा रहेका प्रतिष्ठान स्तरका कर्मचारी युनियनहरुले अाज उप प्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा रहेका युनियन लर्ड वुद्द एजुकेशनल एकेडेमी लि- कर्मचारी संघ, कर्मचारी संगठन र स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले सामूहिक रुपमा उक्त ज्ञापनपत्र बुझाएका थिए ।

नेपाल सरकारले यस कलेजमा अधययनरत एम-वि-वि-एस- विद्यार्थीहरुको सीट सङ्ख्या बढाउनु पर्ने, कलेजमा स्वास्थ्य ऐन लागु गराउनुपर्ने , मेडिकल काउन्सिलको मापदण्ड अनुसार कर्मचारीहरुको दरवन्दी कायम हुनुपर्ने, संस्थामा कार्यरत रहेका ठेक्काका कर्मचारीहरुलाई श्रम ऐन अनुसार पारीश्रमिक उपलव्ध गराउनु पर्ने लगायतका मागहरु राखेका थिए ।

कार्यक्रममा तिनवटै कर्मचारी युनियनको तर्फबाट अध्यक्षता कर्मचारी संगठनका सभापति मुस्लिम खानले गर्नु भएको थियोे , त्यसै गरी प्रमुख अतिथि उप प्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादव, अतिथिमा शहरी विकास मन्त्री मोहम्मद इस्तीयाक राई, मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा- सुरेश कुमार कानोडिया,

बाँके प्रदेश सभा सदस्य विजय कुमार यादव, मेडिकल कलेजका सहायक निर्देशक डा- कुमार पोखरेल, डा- रोमन किदुवाई लगायतका अतिथिहरु र कर्मचारी संघ/संगठन र स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका पदाधिकारी र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । मन्त्री द्वय खजुरा क्यान्सर अस्पतालको उद्घाटन गर्न र मेडिकल कलेज नीरिक्षण गर्न अाउनु भएको मौका छोपी युनियनहरुले उक्त ज्ञापनपत्र वुझाएका हुन् ।