लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टद्वारा सम्मान कार्यक्रम

के-पी-घिमिरे/ 
नेपालगन्ज,असार,११-
सामाजिक सेवा गर्ने उद्देश्य साथ स्थापना भएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले अाफना नयाँ पदाधिकारी तथा सदस्यहरुला‍ई एक कार्यक्रमको अायोजना गरी सम्मान गरेको छ ।

लायन्स क्लब अफ एभरेस्ट नेपालगन्जका अध्यक्ष लायन्स धुर्बराज शर्माको अध्यक्षता, लायन्स ३२५ बि २ का गर्भनर लायन्स मधुसुधन शर्मा प्रमुख अतिथि , बरिस्ठ सल्लाहकार लायन्स मुकुट ढकाल अतिथि , लगायतका अतिथिहरुको उपस्थितिमा सम्मान कार्यक्रम गरिएको थियोे ।

कार्यक्रममा बोल्दै गर्भनर शर्माले लायन्स संस्था बिशुद्द गैर राजनीति भएको हुदा यसमा काम गर्न अानन्द अाउछ भनेर भन्नु भएको थियो । लायन्स संस्थाको अाफनै ईतिहास भएको र यसले समाजमा छुट्टै पहिचान बनाउने हुदा सम्पूर्ण लायन्स सदस्यहरुलाई मानवीय भावना सोची काम गर्न अध्यक्ष लायन्स धुर्बराज शर्माले बताउनु भएको थियो । कार्यक्रममा यस क्लबसंग अावद्द ३१ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।