अन्तर्राष्ट्रिय लागु अौषध दुरुपयोग दिवस बाँकेमा पनि मनाउँदै

के-पी-घिमिरे/ 
नेपालगन्ज,असार,१२-
बाँकेको नेपालगन्जमा अाज ३१अौं अन्तर्राष्ट्रिय लागु अौषध दुरुपयोग तथा अवैध अोसार पसार विरुद्धको दिवस ” स्वास्थ्य सवल र समृद्ध नेपालको प्रतिवद्दता ” भन्ने मूल नाराका साथ प्रभात फेरि गरी मनाईदै छ ।

सुर्खेत रोड स्थित गणेशमान चोक देखी शुरु भएको प्रभातफेरीमा जिल्ला प्रशासन कार्यालयका प्रमुख रमेश के-सी-, प्रहरी प्रमुख, विभिन्न संघसंस्थाका व्यक्तिहरु, पत्रकार, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको अायोजना लागु अौषध दुरुपयोग तथा अवैध अोसार पसार मुल अायोजक समितिले गरेको थियो । प्रभातफेरि कार्यक्रम धम्वोझी चोकमा गएर समापन गरिएको थियो ।