विश्वकप फुटबलमा आज राती चार खेल : अर्जेन्टिनालाई जित्नै पर्ने दबाब

काठमाडौं,असार,१२-

विश्वकप फुटबलमा आज राती चार खेल हुनेछन् । तेस्रो समूहको पहिलो खेलमा अस्ट्रेलिया र पेरुले  भिड्ने छन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ८ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ११ बजे बाट खेल सुरु हुनेछ । यस्तै नेपाली समय बेलुकि पौने ८ बजे डेनमार्कले फ्रान्स संग तेस्रो समूहको खेल खेल्नेछ ।यस्तै अर्को खेलमा राति पौने १२ बजे चौंठो समूहको खेलमा नाइजेरियाले अर्जेन्टिना संग सामाना गर्नेछ । यसैगरी आजको अर्को खेलमा राती पौने १२ बजे नै चौथो समूहको खेलमा आइसल्याण्ड र क्रोएसिया बिच खेल हुनेछ ।

आज असार  १२ गते हुने खेलहरुको समय तालीका

१२ असार २०७५
साँझ ७:४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह
साँझ ७:४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह
राति ११:४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह
राति ११:४५, आइसल्याण्ड र क्रोएसिया, चौथो समूह

आगामी दिनमा हुने खेल समय तालीका

१३ असार २०७५
साँझ ७:४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र जर्मनी, छैटौं समूह
साँझ ७:४५, मेक्सिको र स्वीडेन, छैटौं समूह
राति ११:४५, सर्बिया र ब्राजिल, पाँचौं समूह
राति ११:४५, स्विट्जरल्याण्ड र कोस्टारिका, पाँचौं समूह

१४ असार २०७५
साँझ ७:४५, जापान र पोल्याण्ड, आठौं समूह
साँझ ७:४५, सेनेगल र कोलम्बिया, आठौं समूह
राति ११:४५, पानामा र टिउनेसिया, सातौं समूह
राती ११:४५, बेलायत र बेल्जियम, सातौं समूह

आठ वटा समूह रहेको छ । प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश प्रि क्वाटर फाइनल प्रवेश गर्नेछन् । प्रि क्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्ने छ । प्रि क्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिने छन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ ।

जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने असार ३१ गते फाइनल खेल मस्कोमा  हुनेछ ।