विश्वकप फुटबलमा आज राती चार खेल : जापान र पोल्याण्ड भिड्ने

प्रि क्वाटर फाईनल खेल १६ गते बाट १९ सम्म हुने

काठमाडौं,असार,१४-

विश्वकप फुटबलमा आज राती चार खेल हुनेछन् । आठौं समूहको पहिलो खेलमा जापान र पोल्याण्ड भिड्ने छन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ८ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ११ बजे बाट खेल सुरु हुनेछ । यस्तै नेपाली समय बेलुकि पौने ८ बजे सेनेगलले कोलम्बिय संग आठौं समूहको खेल खेल्नेछ ।यस्तै अर्को खेलमा राति पौने १२ बजे सातौं समूहको खेलमा पानामाले टिउनेसिया संग सामाना गर्नेछ । यसैगरी आजको अर्को खेलमा राती पौने १२ बजे नै सातौं समूहको खेलमा बेलायत र बेल्जियम बिच खेल हुनेछ ।

आज असार  १४ गते हुने खेलहरुको समय तालीका

१४ असार २०७५
साँझ ७:४५, जापान र पोल्याण्ड, आठौं समूह
साँझ ७:४५, सेनेगल र कोलम्बिया, आठौं समूह
राति ११:४५, पानामा र टिउनेसिया, सातौं समूह
राती ११:४५, बेलायत र बेल्जियम, सातौं समूह

आठ वटा समूह रहेको छ । प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश प्रि क्वाटर फाइनल प्रवेश गर्नेछन् । प्रि क्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्ने छ । प्रि क्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिने छन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ ।

जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने असार ३१ गते फाइनल खेल मस्कोमा  हुनेछ ।