आयोगका पदाधिकारीबीच बजेटमा विवाद

काठमाडौं २८ बैशाख-

स्थानीय तहको दोस्रो चरणको चुनावअघि जेठ १५ मा बजेट ल्याउन निर्वाचन आचारसंहिता बाधक रहे नरहेका बिषयमा निर्वाचन आयोगका पदाधिकारीबीच विवाद देखिएको छ ।

निर्वाचानअघि सरकारले बजेट ल्यान सक्ने नसक्ने विषयमा आयोगकै पदाधिकारीबीच गम्भीर मतभेद देखिएको हो । आजको नागरिकमा खबर छ ।

पमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आचारसंहिताभित्र रहेर सरकारले बजेट ल्यान सक्ने बताएका छन् भने, अन्य आयुक्तहरुले निर्वाचन अगाडि बजेट ल्याउनु आचारसंहिता विपरीत हुने बताएका छन् ।