जापान र कोलम्बिया नकआउट चरणमा प्रवेश

सेनेगल र पोल्याण्ड समुह चरणबाटै बाहिरियो

काठमाडौं,असार,१४-

विश्वकप फुटबलमा आज राती भएको खेलमा जापान पोल्याण्ड संग १-० गोलले पराजीत भएको छ । समूह चरणको अन्तिम खेलमा पोल्याण्डले जापानलाई हराएको हो ।

तर, कोलम्बियाले सेनेगललाई हराएका कारण एसियाली देशबाट प्रतीनीधीत्व गर्दै जापान विश्वकपको नकआउट चरणमा पुगेको छ ।

अब आठ वटा समूह रहेको छ । प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश प्रि क्वाटर फाइनल प्रवेश गर्नेछन् । प्रि क्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्ने छ । प्रि क्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिने छन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ ।

जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने असार ३१ गते फाइनल खेल मस्कोमा  हुनेछ ।