मैदान नभएपछि ‘ए’ डिभिजन लिगका आज हुने खेल स्थगित

भोली त्रिभुवन आर्मी क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुने

काठमाडौं,मंसिर,२९-

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजका खेलहरु स्थगित भएका छन् ।मैदान अभावले आजका खेलहरु स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । लगातारको वर्षाले दशरथ रंगशाला खेल गराउन लायक छैन ।

लिगको लागि तय गरिएको अर्को मैदान एन्फा कम्प्लेक्समा आज जापानी टोलीसँग मैत्रिपूर्ण खेल राखिएको छ ।त्यसैले आज हुने भनिएका लिगका खेलहरु भोलिको लागि सारिएको हो । भोली दिउसो साँढे १२ बजे एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ भने साँढे दुई बजे दशरथ रंगशालामा संकटा क्लब र च्यासल युथ क्लब भिड्नेछन् ।

उता मच्छिन्द्र क्लबले नयाँ सिजनको ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । हिजो भएको उद्घाटन खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई २–० ले हराएको हो । मछिन्द्रका लागि योगेश गुरुङ र दिपक राईले एक एक गोल गरे ।

राष्ट्रिय टिमका आधा दर्जन खेलाडीसहित मैदानमा उत्रिएको मछिन्द्रले खेल अवधिभर नियन्त्रण जमाएको थियो । ईमेजबाट