लम्किचुहामा विपद प्रतिकार्यका लागि क्षमता बिकास कार्यक्रम सम्पन

के.पि खनाल “क्षेत्र”
लम्की कैलाली ,साउन,११-

नेपाल रेड्क्रस बलिया शाखाको आयोजनामा आज सामुदायिकको विपद प्रतिकार्यका लागि क्षमाता बिकास कार्यक्रम (CARDRE) १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।अभिमुखिकरण कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा बलियाका अध्यक्ष रंग प्रसाद तिमिल्सिनाको सभापतित्वमा सुरुभएको कार्यक्रममा प्रमुख अथिती लम्किचुहा नगरपालिकाका मेयर महादेव बजगाई हुन्थ्यो ।

कार्यक्रमको बारेमा जानकारी तथा स्वागत गर्नु भएका अध्यक्ष तिमिल्सेनाले लम्किचुहा नगरपालिका विपदका लागि बडि जोखिम रहेको त्यसमा पनि वार्ड नम्बर ०३ बढी जोखिम भएको कारण त्यहाका सारोकारवाल तथा स्थानीय जनसमुदायलाई क्षमता बिकास गर्न हामी इच्छुक भएको भन्दै त्यहाँ का वार्ड अध्यक्ष भक्तबहादुर चलाउनेलाई सहयोग गर्न आग्रह गर्नुभएको छ  ।

त्यस्तै अभिमुखिकरणमा बोल्दै मेयर बजगाईले विपद प्रतिकार्यका लागि कार्यक्रम मात्र नभएर विपदको जोखिमको लागि चाहिने उपकरण सहयोग गर्न आग्रह गर्नुभयो थियो त्यस्तै कार्यक्रम बोल्दै लम्किचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदम चौलागाईंले विपद जोखिमका लागि हामिबाट चाहिने सम्पुर्ण सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।

कार्यक्रममा वार्ड नम्बर १ वार्ड अध्यक्ष जनक बम,वार्ड ०३ का भक्तबहादुर चलाउने र वार्ड ०५ कि वार्ड अध्यक्ष माया बिस्टले आफुले गर्ने सहयोग तथा यो कार्यक्रम आफ्नु वार्डमा पनि ल्याउन अनुरोध गर्नुभएको थियो । एक दिने अभिमुखिकरण कार्यक्रमलाई खगेन्द्र राज जोशी प्रस्तुतिकरण गर्नुभएको थियो ।

अभिमुखिकरण कार्यक्रममा लम्किचुहा नगरपालिकाका बिभिन्न वार्ड अध्यक्ष,सदस्य ,विभिन्न महिला समूह,युवा क्लब , विभिन्न सरोकारवाला निकाय,सुरक्षाकर्मी तथा स्थानीय पत्रकारहरुले सहभागी हुनुभएको थियो ।कार्यक्रमको सन्चालन रेडक्रस सोसाइटी बलिया शाखाका सचिव बिनोद आचर्यले गर्नुभएको हाम्रा सम्वादाता केपि खनालले जानकारी दिनुभएको छ ।