मायालाई पैसामा किन्छु नभन,भन्दा गायक जोशीले झुम्का हराए

मिलन मगर

फुकुवका,जापान,११-

नेपाली गित संगितमा दिन प्रती दिन नयाँ नयाँ कलाकारले  प्रवेश  गरिरहेका छन् । पछिल्लो समय लोक साँगीतीक बजारमा हजारौं श्रष्टा तथा सर्जकको भिडमा आफुलाई चिनाउन एक सफल  परदेशी कलाकार हुन् गायक दिलेन्द्र जोशी । 

सानै देखी गित संगीत रुचाउने उनि अहिले एक सफल प्ररदेशी नेपाली कलाकार बनेका छन् । अहिले नेपाली यूवाहरु लाखौंको संख्यामा विभिन्न देशमा पसिना बगाईरहेका छन् ।

मान्छे यताको उता, उताको यता, हामी जहाँ रहेपनी हाम्रो देश नेपाल जहाँको त्यहि रहन्छ । हामी नेपाली जहाँ रहेपनी जस्तो परिस्थीतीमा रहे पनी हामीले प्रदेशमा रहेर पनी केहि गर्न सक्छौ भन्ने उदाहरण बनेका प्रदेशी यूवा गायक जोशीले ‘झुम्का हरायो’ बोलको धमाकेदार तिज गित बजारमा ल्याएका छन ।

लोकदोहोरी तथा देउडा गायकका रुपमा आफ्नो परिचय बनाएका गायक दिलेन्द्र जोशीलाई ‘झुम्का हरायो’मा सुमधुर स्वरकी धनी गायीका सम्झना भण्डारीले साथ दिएकी छिन ।

हाल जापानको फुकुओका बस्दै आएका गायक जोशीले ‘झुम्का हरायो’ गितमा श्वर, शब्द, संगित सबै आफै गर्नु भएको हो । दार्चुलाको रिठाचौपाता मैखोलीका जोशीको तिज गित कोशेली ‘झुम्का हरायो’मा शंकर बिसी र आरुषी मगरले अभिनय गरेका छन ।

जोशीको तिज गित ‘झुम्का हरायो’मा देउडा गितका मौलिक शब्दहरु प्रयोग गरी फ्युजन गरीएकाले दर्शक श्रोताले गितलाई रुचाउने गायक जोशीको आशा छ ।

सुदुरपश्चिमको देउडा देखि पुर्बको रोइला लगायतका गित गाउने गायक जोशीले ‘मायालाई पैसामा किन्छु नभन’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गर्नु भएको थियो  ।

भिडीयो हेर्नुहोस्