कोहलपुरका सञ्चार विकासका एक हस्ती चण्डी प्रसाद गैरे

अमृता के.सी..

कोहलपुर बाँके,साउन,११-
कोहलपुर क्षेत्रमा गैरे अपसेट प्रेसको नाम नसुन्ने सायदै विरलै होलान् । हो त्यहि गैरे अपसेट प्रेसका प्रोपाइटर चण्डी प्रसाद गैरे । जसलाई गैरे दाई र चण्डी दाईका नामले धेरैले पुर्काछन् । मलाई स्मरण छ जति बेला मेरो पत्रकारीताको सुरुवात कोहलपुरबाट भएको थियो । सायद २०६५ साल तिर हो ।

कोहलपुर क्षेत्रमा पहिलो पटक अपसेट प्रेस सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेबाट ईजाजत प्राप्त गरी कोहलपुरमा गैरे अपसेट प्रेस स्थापना गरी छापाखाना मेसिनबाट कोहलपुरबाटै पत्रिका छाप्ने कार्यको सुरुवात र सञ्चार विकासको सुरुवात गर्नुभयो ।जसले गर्दा हामी जस्ता पत्रकारहरुलाई नेपालगन्ज गएर पत्रिका छाप्नुपर्ने बाध्यताको अन्त्य नै भयो ।

उहाँले स्थापना गर्नुभएको गैरे अपसेट प्रेसबाट सुरुवात देखि हाल सम्म कोहलपुर पोष्ट दैनिक,मिसन टु डे दैनिक, पिपलबोट दैनिक , न्यूज नमस्ते दैनिक, अगुवा सञ्चार दैनिक, मार्गदेखा दैनिक,नमस्ते न्यूज दैनिक लगायतका पत्र पत्रिका र साप्ताहिकहरु पनि छापिए । कति बन्द भए ,कति छापिँदैछन् । विशुद्ध व्यापारी भएर कोहलपुर क्षेत्रमा २०६५ साल देखि हाल सम्म कार्य गरिरहनुभएका चण्डी प्रसाद गैरे सामाजिक कार्यमा समेत संलग्न हुनुहुन्छ ।

लायन्स क्लब कोहलपुर २०१५ ÷२०१६ का अध्यक्ष , कोहलपुर सुधार समाजका वर्तमान अध्यक्ष , नेपाल मुद्रण उद्योगा महासंघका उपाध्यक्ष समेत रहनुभएका चण्डी प्रसाद गैरे मिलनसार,सहयोगी र समाजसेवी भावको व्यक्ति हुनुहुन्छ ।कोहलपुर उद्योग वाणिज्य संघमा पहिलो पटक खुला सदस्य पदका लागि उम्मेदवारी दिनुभएका चण्डी दाईका बारेमा नलेखेर बस्नै सकिन ।

उहाँ कुन पार्टीमा विचार राख्नुहुन्छ भन्नेसंग मलाई मतलब छैन,न त कुन प्यानलबाट उम्मेदवारी दिनुभएको छ भन्नेसंग नै ।सत्य र सहि कुरा गर्न नडराउने चण्डी दाई पहिलो पटक उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ ।उद्योग वाणिज्य संघको बाहिर रहेर पनि उद्योगी व्यापारीहरुको हक हितका लागि आवाज उठाउँदै आइरहनुभएका उहाँले किन सदस्य पदमा उम्मेदवारी दिनुभयो भन्ने प्रश्नमा उहाँको जवाफ यस्तो छ ।

चण्डी प्रसाद गैरे : व्यापारीहरुले झेल्नुपर्ने समस्याको निराकरण गर्नका लागि मेरो उम्मेदवारी हो । पद सदस्य भएकाले सदस्यको काम कर्तव्य संगै उद्योगी व्यापारीहरुको हक हितका लागि उनीहरुका समसया समाधानका लागि नेतृत्वलाइ दबाब दिने,सल्लाहा सुझाव दिने , यदि सहि निर्णय नेतृत्वले नगरे त्यसको विरोध गर्नेछु । कर,राजस्व र सीमाबाट ल्याउने र लैजाने व्यापारीक सामग्रीलाई सहजता ल्याउन महत्वपूर्ण भूमिका खेल्ने छु ।

घरबेटी र व्यापारी बिचको सुमधुर सम्बन्ध कायम गर्नका लागि कोहलपुर उद्योग वाणिज्य संघमा रहेर काम गर्नेछु । म आफै पनि घरबेटी हो । सुरुमा घरबेटी र व्यापारीले ५ वर्षको सम्झौता गर्ने र २ वर्ष नपुग्दै घरबेटीले व्यापारीलाई निकाल्ने प्रवृत्ती गलत हो ।त्यस कारण सम्झौता अनुसार व्यापारीले घरभाडा तिरेको छैन वा अन्य कुन कारणले व्यापारीलाइ घरबाट निकाल्न खोजिएको हो ।

त्यो कुरा सुरुमा व्यापार संघलाइ जानकारी गराएर मात्रै प्रक्रिया अगाडी बढाउनुपर्छ भन्ने मेरो पहिलो माग हो । व्यापारीले पनि व्यापार व्यवसाय नचले घरबेटीलाइ ३ ,४ महिना अगाडी घर छोड्ने जानकारी दिनुपर्ने तर व्यापार व्यवसाय चल्दा चल्दै घरबेटीले निकाल्न नपाउने मेरो अर्को एजेण्डा हो ।अर्को एजेण्डा भनेको व्यापारी र घरबेटीले गर्ने सम्झौता पूर्ण रुपमा कायम गरी कार्यान्वयन गर्नु नै हो । सम्झौताको कति प्रतिशत कर हो त्यो घरबेटीले तिर्नुपर्छ । घरबाहल दिदाँ नै सम्झौता गरी घरबेटीले नै उक्त कर तिर्नुपर्छ भन्ने मेरो माग हो ।

तपाईलाइ नै किन जिताउने ?
चण्डी प्रसाद गैरे : म आफै एउटा घरबेटी हो । घरबेटी भैसकेपछि व्यापारीको माग जसले सम्बोधन गर्छ त्यो नै व्यापारीको हक हितका लागि काम गर्ने व्यक्ति हो । अरुले दुइ दुइ वर्षमा घरभाडा बढाइरहेका छन् तर मैले व्यापारीहरुको मर्का बुझेर ५,६ वर्ष देखि एउटै भाडादर कायम गरिराखेकोछु । विगतमा मैले पनि विदेशबाट फर्केपछि व्यापार व्यवसायमा लागेको हुँ । घरबेटीले व्यापारीलाइ गर्ने व्यवहारबाट सिकेकाले अरु व्यापारीले त्यस्तो पिडा भोग्न नपरोस् भन्ने चाहनाले नै सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।

यो कुरा त बाहिरबाट पनि त उठाउन सकिन्थ्यो होइन र ?
चण्डी प्रसाद गैरे : नेपालमा एउटा गलत प्रवृद्धि के भइसकेको छ भने कुनैपनि पदमा नपुगीकन उसको कुनै पनि कुरा सुनुवाई हुँदैन । त्यो भएर पनि मैले सदस्य पदका लागि उम्मेदवारी दिएको हुँ ।

अरु साथीहरुले सदस्यमा पनि किन उठेको भन्ने जस्ता कुरा आइरहेको थियो तर पद ठूलो कुरो होइन काम ठूलो हो भनेर म सदस्य पदमा उठेको हुँ । ठूलो पदमा पुगेर मात्रै होइन , सहि कुरा राख्न र गर्न सदस्य पद नै काफि देखेर सदस्य पदमा उम्मेदवारी दिएको छु ।
अन्त्यमा के भन्नुहुन्छ ?

चण्डी प्रसाद गैरे : कोहलपुर उद्योगा वाणिज्य संघमा आबद्ध व्यापारी मतदाताहरुलाइ म के भन्न चाहन्छु भने अझै पनि व्यापारीहरुको समस्याको समाधान नभैरहेको अवस्था छ । घरबेटी र व्यापारी बिचको निश्चित मापदण्ड कायम गर्न नसक्दा असमझदारी बढ्दो छ ।

जसका कारण व्यापारीहरु मारमा परेको अवस्था छ । करमा,राजस्वमा, भन्सारमा पाउने सास्ती,चन्दा र सहयोगले गर्दा भोग्नुपरेका लगायतका समस्या समाधानका लागि उम्मेदवारी दिएको छु हजुरहरुले अमूल्य मत दिई मलाई जिताउनुहुन अनुरोध गर्दछु ।