मोटरसाइकल दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु !

काठमाडौं, माघ १५-धनुषाको गोदारमा मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतिको मृत्यु भएको छ । मृत्यु हुने धनुषाको गणेशमान चारनाथ नगरपालिका शिवनगर–पर्साही, ७ बस्ने वर्ष ५० का जोगिन्दर साह र ४० वर्षीया प्रमिला साह रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका गोदारमा उक्त दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १ च १८५८ नम्बरको बोलेरो पिकअपले विपरित दिशाबाट आइरहेको बा ६४ प ३०४७ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करले सडकबाट करीब पाँच मिटर पर उछिटिएका दुबैजनाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तिर्थ कार्कीले जानकारी दिनुभयो ।गोर्खापत्रबाट