क्यान्सर पिडीत रेश्मा बस्नेतको ज्यान बचाईदिन सहयोगको अपिल

सिर्जना बर्देवा/
ओखलढुंगा,माघ,१७-
फियोमा क्यान्सर (ट्युमर)भई उपचारमा रहेकी खोटाङ्की एक बालिकाका लागी परिवारले सहयोगको अपिल गरेका छन् । ऐसेलुखर्क गाउपालिका १ राखाबाङ्गदेल निवासी श्री बिर बहादुर बस्नेत र संगीता बस्नेतकी १५ बर्षिय छोरी रेश्मा बस्नेतलाई फियोमा क्यान्सर भएको हो ।

कक्षा ९ मा अध्यानरत बालिका बस्नेतको काठमान्डौमा उपचार हुन नसके पछि हाल भारतको भैल्लोर अस्पतालमा उपचार गराईरहेका छन् ।आर्थिक अवस्था कमजोर भएका परिवारले क्यान्सर पिडित बालिकाको उपचारका लागी सहगोग गरि छोरीको ज्यान बचाईदिन आग्रह गरेका छन् ।

बालिकाको दैनिक उपचार गराउनु पर्ने भएकाले आफुले सक्ने सहयोग गरि छोरीको ज्यान बचाईदिन उनका बुबा श्री बिर बहादुर बस्नेतले आग्रह गरेका छन् । सहयोग गर्नुहुने महानुभावले आमा संगीता बस्नेतको मोवाईल ९८०७००२७१ खबर गर्न सकिने वा बुवा बिर बहादुर बस्नेतको नाम रहेको प्राईम कर्मसियल बैकको खाता नम्बर ०४२०००२२PD मा जम्मा गर्न सकिने आमा बस्नेतले बताएकी छिन् ।