प्रशान्त ,नविन र पूजाको अभिनयमा प्रताप दासको नयाँ गीत “मलाई किन” सार्वजनिक

नेपालगन्ज,चैत्र,१९-
नेपाल आइडल सिजन १ का सेकेन्ड रनरअप तथा पछिल्लो समयमा चलचित्रका चर्चित पार्श्व गायक प्रताप दासको नयाँ गीत “मलाई किन” सार्वजनिक भएको छ।

आफ्नो प्रेमी-प्रेमिकाको वियोगान्त कथा समेटिएको गीतमा तिर्थ विश्वको शब्द तथा सङ्गीत रहेको छ भने प्रताप दासको आवाज रहेको छ।

हेर्दा निकै नै आकर्षक लाग्ने गीतको भिडियोमा उदयमान मोडल प्रशान्त केसी,नवीन खड्का र पूजाको तारिफ योग्य अभिनय रहेको छ। प्रशान्त, नवीन र पूजाले यसै गीत मार्फत डेव्यु पनि गरेका छन।

गीतको म्युजिक भिडियोलाई निर्देशन, छायांकन ,ड्रोन, र सम्पादन नेपालगन्जका मिहेनती सम्पादक दिनेश वलिले गरेका छन।
गीतको म्युजिक भिडियो सोल डिजिटलको युटुब च्यानलबाट सार्वजनिक भएको हो।