कङ्के देउराली नि.मा.वी को २०७५ सालको नतिजा प्रकाशित

गुल्मी ,चैत्र,१९-

श्री कङ्के देउराली निम्न माध्यमिक विद्यालयका बिद्यार्थीहरु

श्री कङ्के देउराली निम्न माध्यमिक विद्यालय मदाने गाउँपालिका-६, पुर्कोट दह गुल्मीमा हिजो एक विशेष कार्यक्रमका साथ शैक्षिकसत्र २०७५ को बार्षिक परिक्षाको नतिजा सोमबार प्रकाशित भएको छ। उक्त बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री भोजबहादुर कुँवरको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि मदाने गाउँकार्यपालिका उपाध्यक्ष सरिता खड्काले गर्नु भएको थियो ।

कार्यक्रमको विशेष अतिथिहरुमा मदाने गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष तोक बहादुर कुँवर र निबर्तमान बिधालय ब्यबस्थापन समितिका अध्यक्ष मनिराम थापा रहनु भएको थियो । अन्य अतिथिहरुमा कृषि विकास बैंक पुर्कोट दहका शाखा प्रबन्धक ईश्वरी प्रसाद नेपाल, समाजसेवी ब्याक्तित्वहरु शेर बहादुर कुँवर, बोमबहादुर जि सी, लोकहरि कुँवर लगायतका रहनु भएको थियो ।

श्री कङ्के देउराली निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरु

सोहि कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभाबहरुलाई कक्षा ८ कि छात्रा निरुता सेनले स्वागत मन्तव्य राखेकी थिएन भने अन्य कलाकार विद्यार्थीहरुले स्वागत गित र नृत्यबाट स्वागत गरेका थिए।

साथै सोही कार्यक्रममा अभिभावक शेखर पोख्रेल, हुमबहदुर कुँवर, बोमबहादुर जि- सी, शेरबहादुर कुँवर, मनिराम थापा, तोकबहादुर कुँवर, सरिता खड्का लगायतले बिधालयको राम्रो कार्यको प्रशंसा गर्दै सफल विद्यार्थीहरुलाई बधाई तथा असफल विद्यार्थीहरुलाई आगामी दिनहरुमा थप मेहनत गर्न हौसला प्रदान गर्नु भएको थियो।

बिद्यालयमा विभिन्न बिधामा पुरस्कृत ६६ जना विद्यार्थीहरुले प्रमुख अतिथिबाट पुरस्कार ग्रहण गरेका थिए।शिक्षक पदमबहादुर कुँवरको सञ्चाल गर्नु भएको उक्त कार्यक्रममा बिद्यालयका गतिविधिको बारेमा प्रिन्सिपल बोम बहादुर कुवरले स्पष्ट पार्दै आगामी शैक्षिकसत्रमा बिद्यालयले गर्ने निति तथा कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियोे ।