प्रमोद डिजिको नयाँ डान्सिङ् लोकदोहोरी गीत “पानी खोलिको”ले सबैको मन जित्दै

नेपालगन्ज,चैत्र,१९-
सुटुक्कै बाटो काटेर गई,मुद्दा हाल्छु लगायतका दर्जनौं चर्चित गीतहरुमा आवाज दिइसकेका गायक प्रमोद डिजिले नयाँ लोकदिहोरी गीत “पानी खोलिको” बजारमा ल्याएका छन।

गायक डिजिलाई भर्सटाइल गायक भन्दा कुनै फरक पर्दैन। किनकी सबै बिधाका गीत गाउँन सक्ने खुबी उनमा छ। यस भन्दा अगाडि उनको गीत “सुटुक्कै बाटो काटेर गई”लाई दर्शक श्रोताले अत्याधिक रुचाएका थिए। गायक डिजिले यस भन्दा अगाडि धेरै लोकदोहोरी गीतहरुमा आवाज दिइसकेको बताए।

सुन्दा नाँचौ नाँचौ लाग्ने गीतमा आवाज प्रमोद डिजि र सृजना डिजिको रहेको छ भने लय शब्द धिरेन्द्र शाहिको रहेको छ।

आर के सि युटुब च्यानबाट बजारमा आएको गीतको म्युजिक भिडियोमा प्रीन्स,नविन,शोभा र सबिनाको नृत्य देख्न सकिन्छ। गीतको म्युजिक भिडियोमा नवराज सुवेदिको निर्देशन तथा कोरियोग्राफी, र रामु चौधरीको छायांकन तथा सम्पादन रहेको छ।