सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरी प्रभावितलाई एक करोड दिने

कैलाली,चैत,१९-

आईतबार आएको हावाहुरीबाट ज्यान गुमाएका परिवार र विस्थापित भएकाहरुको सहयोगको लागी सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश २ को बारा, पर्सामा हावाहुरीबाट घाइते भएका तथा विस्थापित भएकाहरुको सहयोगका लागि एक करोड सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।

घोषणा गरिएको सो धनराशी प्रदेश नम्बर–२ को राहत कोषमा जम्मा गरिने जनाइएको छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदको बैठकले हावाहुरीका कारण प्रदेश–२ मा भएको क्षतिप्रति दुःखसमेत व्यक्त गरेको छ ।