प्लाष्टिक झोलाको सट्टा वैकल्पिक झोला

नेपालगन्ज, बैशाख,१५-

प्लाष्टिक झोलाको सट्टा वैकल्पिक झोलाको प्रयोग एवं प्रवद्र्धन गर्नु बाहेकको विकल्प नभएको सम्वद्धहरुले बताएका छन् । प्लाष्टिक झोलाको प्रयोगले मानवीय स्वास्थमा असर पु¥याउनुका साथै बातावरणीय प्रदुषण बढाएको भन्दै सो को निषेधका लागि वैकल्पिक झोलाको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

बन तथा बातावरण मन्त्रालय वन विभागले नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा आज नेपालगञ्जमा आयोजना गरेको प्लाष्टिक झोलाको विकल्पको रुपमा वैकल्पिक झोलाको प्रयोग एवं प्रवद्र्धन सम्वन्धी कार्यक्रममा सो जोड दिइएको हो ।

वडा अध्यक्ष, वडा सचिव, सम्वद्ध सरकारी तथा गैरसकारी कार्यालयका प्रमुख एवं प्रतिनीधी सहभागी कार्यक्रमका अधिकांस वक्ताले प्लाष्टिक झोलाको सट्टा वैकल्पिक झोला उत्पादन र प्रवद्र्धनतर्फ लाग्नुपर्ने आवश्यक्ता औल्याएका छन् ।

विभागका बातावरण निरिक्षक विष्णु पाण्डेले प्लाष्टिक झोलाको प्रयोगको अवस्था, यसले पु¥याउने असर, वैकल्पीक उपायका बारेमा प्रकाश पार्दै प्लाष्टिक झोलाको निषेधमा जोड दिनु भयो ।

प्लाष्टिक झोला निषेधका लागि सरकारसँगै सरोकारवाला सबै उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै उहाँले वैकल्पक झोला प्रवद्र्धनमा पनि सचेतना फैलाउनु पर्ने सझाउनु भयो ।उपमहानगरपालिकाका बातावरण तथा सरसफाई इन्जिीनियर प्रकाश डीसीले प्लाष्टिक झोला फोहर मैला व्यवस्थापनमा पनि बाधक भएको भन्दै प्लाष्टिमुक्त झोला समाज बनाइनुपर्ने आवश्यक्ता औल्याउनु भयो ।

नेपालगञ्ज औद्योगिक क्षेत्र लि.का कार्यालय प्रमुख कृष्ण बहादुर पुनले सरकार र नागरिवीचको सहकार्यमा मात्र प्लाष्टिक झोला मुक्त बनाउन सकिने भन्दै सचेतना अभियान जरुरी रहेको बताउनु भयो । जिल्ला समन्वय अधिकारी हरिकृष्ण ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा वडा न ७ का अध्यक्ष जुमन खाँ लगायतले आफनो जिज्ञाशा र अनुभव सुनाउनु भएको थियो ।