वागेश्वरी गाविसको २६ औंं गाँउ परिषद सम्पन्न

मधुपौडेल
बाँके,पुस २९- वागेश्वरी गाविस खजुराले २६ औंं गाँउ परिषद स्वीकृति वजेट निति तथा कार्यक्रम सार्वजानिकरण गर्दै  आज सम्पन्न गरेको छ ।
बागेश्वरी गाविसको प्रङगणमा सम्पन्न समारोह भएको कार्यक्रमको सभापतित्व गाविस सचिव उत्तम सिंह सोडीले गर्नुको थियो भने प्रमुख अतिथिमा स्थानिय विकास अधिकारी हरी प्याकुरेल रहनु भएको थियो ।

कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि ,स्थानीय वुद्धीजिवि ,समाजसेवी,वडा नागरीक मञ्चका पदाधिकारी तथा प्रतिनिधिहरु,स्वास्थ कर्मी, पुलिस प्रशासनको उपस्थिति रहको थियो ।कार्यक्रमको सहजीकरण युवा संघ बाकेका अध्यक्ष हेमराज भट्ले गर्नुभएको थियो ।