सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबलाई

धनगढी,माघ १-सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । यससँगै उसले ५ लाख पुरस्कार हात पारेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनल भिडन्तमा मनाङले संकटालाई १–० गोल अन्तरले हराएको हो । मनाङका लागि खेलेको दोस्रो मिनेटमा नै अनिल गुरुङले गोल गरे । खेलको ८२ औं मिनेटमा संकटाले पेनाल्टी पाएको थियो ।

तर, विश्व अधिकारीको प्रहार क्रसबारमा लाग्यो । र, अनिलको गोल नै मनाङलाई उपाधि दिलाउन पर्याप्त रहृयो । उपविजेता संकटाले २ लाख ५१ हजारमा चित्त बुझाएको छ । खेलको म्यान अफ दि म्याच र प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि मनाङका अनिल गुरुङ नै बनेका छन् ।