अवका खेल खेल्नेका लागि मात्र नभई व्यवसायी हुन्छ: अध्यक्ष ओली

मधु पौडेल
बाँके,माघ २९-अवका खेलाडि खेल्नेका लागि मात्र नभई व्यवसायी हुने पर्दछ भन्ने कुराको उदघोष दैलेखको सिता जन सहयोग मावि Bhim Oliअवलपराजुली मा मध्येपश्चिमका क्षेत्रिय अध्यक्ष भिम ओलीले  बताउनु भएको छ । खेलकुद विकास समिति दैलेखको आयोजनमा क्षेत्रिय अध्यक्ष वली आइतबार नवौ राष्ट्रपतीय रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्न  दैलेख पुग्नु भएको थियो ।

दैलेखी जिल्लाको अवलपराजुली गाविसको सिता जन सहयोग माविको प्रङगणमा राखिएको उक्त समुदघाटन समारोहमा जिल्लाका राजनितिदलका नेता तथा कार्यकर्ता , स्थानिय कलाकारहरु , विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयाका कार्यलय प्रमुख , खेल कर्मचारी ,खेलाडिहरुले ओलीलाई  भव्य स्वागत गरेका थिए ।

ओलीको स्वागतको लागि फुलका माला लिएका हजारौ खेल पे्रमीहरुको लक्शर दैलेखको त्यो सानो ठाउमा देख्न सकिन्थ्यो ।  ओलीले अवको खेल स्वास्थको लागि हुने हुदा प्रत्येक अभिभावक तथा स्थानिय देखी लिएर केन्द्रिय राजनितिक दलका नेताहरुको खेलमा लगानी हुने कुरामा आफु ढुक्क भएको बताउनु भयो । ओलीले विभिन्न देशसंगको बैदेशिक सम्वन्ध सुधारको लागि पनि खेल को महत्व अति नै भएको हुदा अव नेपालमा खेल खेलेर बाच्न सक्ने  वतावरणको निर्माण गर्नु अनिवार्य भएको बताउनु भएको छ ।

Bhim Oli Game chiefयसैगरी ओलीले स्थानिय व्यापारी हरुलाई आफ्नो क्षेत्रका खेलाडिहरुमा लगानी गरी उनीहरुमा रहेको प्रतिभालाई बहिर ल्याउन सहयोग गर्नका लागि आव्हान गर्नु भएको थियो ।मुख्य अतिथि ओली रहेको उक्त समारोहको अध्यक्षता दैलेख जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थ नारायण श्रेष्ठ  गनुर्् भएको थियो भने स्वागत मन्तव्य समितिका सदस्य सरद हमालले गर्नु भएको थियो ।

यसै गरी दैलेख जाने क्रममा अध्यक्ष ओलीले सुर्खेत खेलकुद विकास समितिका पदाधिकारी तथा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षणका क्रममा ओलीले खेलका प्रकार भन्दा पनि निर्माण तथा विकासमा ध्यान दिनु पर्ने र भौतिक स्रोत र सधानमा बलियो भएमा मात्र खेललाई खेलको रुप दिन सम्भव रहेको कुरा बताउनु भएको थियो ।