टिकापुरलाई सुन्दर नगरपालिका बनाउन सामर्थ्य नेपाललाई जिम्मा दिइने: मेयर रावल

केपि खनाल/

टिकापुर,भदौ,११-

युवाहरुको संस्था सामाथ्र्य नेपाल ले टीकापुर नगरपालिका का मेयर तपेन्द्र रावल लाई आज ज्ञापनपत्र बुझाएको छ् । चिवनमा स्थापना भएको संस्थाका यतिबेला देशका विभिन्न स्थानमा गठन भइरहेको छ।

यता कैलाली लगायत सुदुरपश्चिमका ९ वटै जिल्लामा पनि उक्त संस्था विस्तार हुने क्रम जारी रहेको छ । देशको युवा जनशक्ति विदेश पलायन हुने क्रम तिब्र भएपछि युवाहरुलाई विभिन्न सामाजिक कार्यक्रममा सहभागि गराइ स्वदेश मै आत्मनिरभर बनाउने उदश्यले स्थापना भएको संस्थाले आज कैलालीको सुदुरपुर्वी टीकापुरमा अवस्थित टीकापुर नगरपालिका लाई स्वछत ,सुन्दर र पर्यटकीय स्थल बनाउनका लागि टीकापुर नगरपालिका नवनिबार्चित तपेन्द्र रावल लाई ४ बुदे माग सहित ज्ञापन पत्र बुझाएको छ ।

सामर्थ्य नेपाललका केपि खनाल र मेयर तपेन्द्र रावल

टीकापुर नगरपालिका का विभिन्न स्थानमा फोहोर थुप्रिएको र अन्य संस्थाले सरसफाई का नामा नगरपालिका र विभिन्न निकायबाट बजेट लिने गरेका भएपनि काम भने प्रभावकारी नभएको भन्दै सामथ्र्य नेपाल ले टीकापुर नगरपालिका मा सरसफाईको सुरुवात गरेको हो ।

एक कार्यक्रमका बिच सामथ्र्य नेपाल ले टीकापुर नगरपालिकामा सरसफाई कार्यक्रमको सुरुवात गरेको हो् । कार्यक्रमलाई टीकापुर नगरपालिका मेयर रावल ले उद्घाटन गरेका हुन् । सोहि कार्यक्रममा सामथ्र्य नेपालका पश्चिम नेपाल प्रमुख केपि खनाल ले मेयर रावल लाई ४ बुदे मागसहित ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझदै मेयर रावल ले टीकापुर का लागि राम्रो काम भएकाले उनले सामथ्र्य नेपाल लाई टीकापुर नगरपालिका को कुनै स्थान तोकेर सरसफाईमा सहयोग गर्ने बताएका छन् उनले उक्त स्थानलाई समाथ्र्य नेपाल सरसफाई क्षेत्र नामाकरण गर्ने समेत प्रतिबद्धता जनाएका छन् । मेयर रावले टीकापुरमा हुने सामाथ्र्य नेपालका कार्यक्रम लाई सक्दो सहयोग गर्ने बताए ।

समाथ्र्य नेपाल टीकापुरका संयोजक यज्ञराज उपाध्याय को सभापतित्वमा समपन्न भएको कार्यक्रममा भिमराम चपाई,पश्चिम नेपालका प्रमुख केपि खनाल, भरत न्यापार्ने लागायत ले बोलेका थिए् कार्यक्रम को संञ्चालन भने विमला बम ले गरेकी थिइन् । साथै आजै समाथ्र्य नेपाल ले टीकापुरमा रहेको तरकारी हाटबजारमा सरसफाई पनि गरेको छ ।