झापामा मतदानका लागि लाइन बसेका ८२ वर्षीय वृद्धको मृत्यु

झापा,असार,१४-
दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार झापाका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

विहान ७ बजेदेखि नै मतदाताहरु मत हाल्न मतदान केन्द्रमा आएका थिए। झापाको दमकमा मत हाल्न लाइन बसेका ८२ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको छ।

विहान साढे ७ बजे दमक ९ को सरस्वती मावि मतदान केन्द्रबाट मतदान गर्न लाइनमा बसेका उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

लाइनमा बस्दाबस्दै ढलेका उनको घटनास्थलमा नै मृत्यु भएको हो। मृतक भण्डारी २०५४ सालको स्थानीय चुनावमा साविक दमक नगरपालिका १४ बाट वडा सदस्य निर्वाचित भएका थिए।