नेपाल मगर संघ क्युसु जापानको सांगितिक कार्यक्रम भव्य रुपले सम्पन्न ।

मिलन मगर,

जापान,जेठ,२३-

जापानको क्युसु क्षेत्रमा नेपाल मगर संघ क्यूसु जापानले आयोजना गरेको “गोल्डेन विक सांगीतिक रमझम २०१७” सम्पन्न भएको छ ।

कार्यक्रममा आमन्त्रित अतिथि कलाकार सुमन बुढा मगर र सन्तोष परियार सँगै अन्य स्थानिय कलाकारहले दर्शकहरूलाई भरपुर मनोरन्जन दिलाउनु भएको थियो ।नागोया क्षेत्रबाट आमन्त्रित मिरा डर्लामी मगर ले पनि राम्रो नाच नाचेर दर्शकलाई चकित पारेका थिए ।

संघका अध्यक्ष मिलन मगर सभापति रहेको कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाती महासंघ जापानका सह्अध्यक्ष कान्छा शेर्पा हुनुन्थ्यो भने बिशेष अतिथि नेपाल मगर संघ जापानका अध्यक्ष गंगा घर्ति मगर रहनुभएको थियो ।

क्युसु क्षेत्रमा संघले पहिलोपटक कार्यक्रम गरेको भएपनि दर्शक हरूको धेरै माया रहेको र बाक्लो उपस्थिति रहेको संघका बरिष्ठ उपाध्यक्ष दिपक राना मगरले बताउनुभयो ।

कार्यक्रमको औपचारिक कार्यक्रम संघका महासचिव रोजिन थापा मगरले संचालन गरेका थिए भने सांगीतिक कार्यक्रम खगिसारा बाचे मगरले बडा रंगिलो बनाएर चलाएका थिए ।