जापानमा जन्मदर घट्दै जाने समस्या

टोकियो,जेठ,२२-जापानमा जन्मदरमा कमी आएको देखिएको छ ।     
कोरोना भाइरसको महामारीका कारण गत वर्ष सन् २०२० मा जापानमा अघिल्लो वर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो ।     
जापानमा लामो समयदेखि निरन्तर जनसंख्या घट्दै जाने समस्या रहेको छ ।यसले मुलुकको जनसांखिक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ ।     
     
स्वदेशी जनसंख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।     मन्त्रालयका अनुसार सन् २०२० मा ८ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा २ दशमलव ८ प्रतिशत कम हो ।

गत वर्षको जन्मदर जन्मदर्ता शरु गरेको वर्ष सन् १८९९ देखि कै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् ।  

सीएनएनले सार्वजनिक गरेको विवरणमा गत वर्ष विवाह दरमा पनि कमी भएको छ । सन् २०२० मा अघिल्लो वर्षको तुलनामा १२ दशमलव ३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

जापानमा सन् २०२० मा ५ लाख २५ हजार ४९० ओटा विवाद दर्ता भएको छ ।जापानको अहिलेको विवाह र जन्मदर विश्वकै थोरै मध्येमा पर्ने बताइएको छ ।

सन् २०१८ मा गरिएको जनगणना अनुसार जापानको कुल जनसंख्या १२ करोड ४० लाख रहेको छ ।एएनआई