गोरखापत्र संस्थानको महाप्रबन्धकमा उपाध्याय, चलचित्र विकास बोर्डको अध्यक्षमा पौडेल नियुक्त

काठमाडौं, मंसिर २५-

सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरेको छ ।

त्यसैगरी, चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्ति गरेको छ ।

बैठकपछि सूचना तथा सन्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बैठकमा प्रदेशप्रमुख र प्रदेशको राजधानीकाबारेमा छलफल भएपनि कुनै निर्णय नभएको जानकारी दिनुभयो ।