वैश्य समाज र सन्त निरङ्कारी मन्डल नेपालद्वारा बृहत रक्तदान

१२० जनाले गरे रक्तदान

के-पी-घिमिरे/

नेपालगन्ज,बैशाख,१५-
कसौधन बैश्य समाज नेपालगन्ज र सन्त निरन्कारी मण्डल नेपालले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आज शनीबार नेपालगन्जमा छुट्टाछुट्टै स्थानमा रक्तदान कार्यक्रम गरेका छन् ।

कसौधन बैश्य समाजका अध्यक्ष सुनिल कुमार वनियाका अनुसार बैश्य समाजले प्रत्येक बर्ष नयाँ बर्षको उपलक्ष्यमा रक्तदान गर्दै आइरहेको बताउनुभयो ।

नेपालगन्जमा गर्मी बढे सङगै बिरामीहरुको चाप पनि बढ्ने हुदा कसैले पनि रगत नपाएर अकालमै ज्यान गुमाउनु नपरोस् भनि रक्तदान कार्यक्रमको आयोजना गरेको बैश्य समाजका महासचिव घनश्याम कुमार बैश्यले बताउनु भएको थियो ।

उक्त कार्यक्रममा कसौधन बैश्य समाजमा ४० जनाले रक्तदान गरेका थिए जसमा ३८ जना पुरुष र २ जना महिला सहभागी थिए ।

त्यसैगरि मानव एकता दिवसको उपलक्ष्यमा सन्त निरन्कारी मण्डलले पनि रक्तदान कार्यक्रम गरेको सन्त निरन्कारी मन्डलका अध्यक्ष रामचन्द्र भट्टराईले बताउनु भएको थियोे उहाँका अनुसार उक्त कार्यक्रममा ८० जनाले रक्तदान गरेका थिए जसमा ४६ जना पुरुष र ३४ जना महिलाले रक्तदान गरेका थिए ।